कृषिमन्त्री अधिकारीले दिए राजीनामा
काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केही बेरअघि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी विजय अधिकारीले पुष्टि गरे ।

नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन निर्देशन दिएपछि उनीनिकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् ।
शेखर समूहबाट सरकारमा रहेका अन्य मन्त्रीमा बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन् ।
![]() |
![]() |
![]() |
|---|
यसैबीच जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ। आज पनि युवाले बानेश्वरमा बिहानैदेखि विरोध प्रदर्शन सुरु गरिसकेका छन्। जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए ।
सोमबार जेन–जी आन्दोलनमा सरकार दमन गर्दा १९ युवा मारिएपछि चीनमा रहेका कांग्रेस नेता कोइरालाले आफ्नो समूहका तर्फबाट मन्त्री रहेकाहरूलाई राजीनमाा दिन निर्देशन दिएका हुन् ।
त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन्। तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन् ।
Image Source: © https://mulpatra.com



