जेनजीको देशभर आन्दोलन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा तोडफोड
काठमाडौं– सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।

मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कफ्र्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक–चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।



