Close

Recent Posts

कांग्रेसले सरकार छाड्दै, एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीद्वारा ह्वीप जारी

कांग्रेसले सरकार छाड्दै, एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीद्वारा ह्वीप जारी
  • २४ भाद्र २०८२, मंगलवार ११:१९

काठमाडौं– नेपाली कांग्रेसले सरकार छाड्ने भएको छ । कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् भने कांग्रेकका मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरिरेका छन् । कांग्रेक गृहमन्त्री र कृषि मन्त्री राजिनामा दिइसकेका छन् ।

mulpatra

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका छन् । जेन– जीको आन्दोलन चर्किएपछि कांग्रेसबाट मन्त्री बनेकाहरूले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका हुन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले २३ भदौको साँझ आफ्नो धारणा सार्वजनिक गरे अनि भने,– कांग्रेसले सरकारबारे पुनर्विचार गर्नुपर्छ । थापाले सरकारमाथि प्रश्न उठाएर पदाधिकारी बैठक मात्र कुरा उठाएका होइनन्, सार्वजनिक रुपमै अभिव्यक्रि दिएका छन् ।

mulpatra mulpatra mulpatra

२३ भदौको दिउँसो जेन– जी आन्दोलनकारी संसद भवन कब्जा गर्न नयाँ बानेश्वर पुगेका थिए । सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध केन्द्रित भएको युवाहरूको आन्दोलन तन्किएर भ्रष्टाचारविरुद्ध र बुढो पुस्ताका नेताहरूविरुद्ध पुगेको थियो । यही मागसहित माइतीघरबाट नयाँ बानेश्वर पुगेको आन्दोलनमाथि प्रहरीले गोली बर्सायो र १७ जनाको ज्यान गयो । ४ सयभन्दा बढी घाइते भए ।

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पनि बानेश्वर घटनालाई निर्मम र कहालीलाग्दो भनेका मात्र छैनन्, सरकारको विकल्प खोजेका छन् । कोइरालाले २४ भदौ साँझ भनेका छन्,– आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौँ ।

थापा र कोइरालाले यसरी धारणा सार्वजनिक गर्नु केही घण्टाअघि नै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले सार्वजनिक टिप्पणी गरिसकेका थिए । सामाजिक सञ्जाल एक्स (ट्विटर) र फेसबुकमा लेखेर गृहमन्त्री राजीनामा दिनुपर्ने मात्र भनेका थिएनन्, कांग्रेसले सरकारबाट फिर्ता हुनुपर्ने अभिमत पनि प्रकट गरेका थिए ।

Image Source: © https://mulpatra.com