कुलमानको पहिलो निर्णय: डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम असुल्न निर्देशन
काठमाडौं– नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्णय भएको बताए ।

‘नेपाल आर्थिक र राजनीतिक रुपमा संकटमा, यतिबेला व्यवसायी देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ’, उनले भने, ‘डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।’
घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउने विषयमा निर्वतमान केपी ओली नेतृत्वको सरकारसँग विवाद भएको थियो।
![]() |
![]() |
![]() |
|---|
वक्यौता उठाउनै पर्ने अडान उनले लिएपछि निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पटक–पटक स्पष्टीकरण सोधेका थिए।
स्पष्टीकरणका बाबजुद आफ्नो अडान नछाडेपछि घिसिङलाई कार्यकाल सकिनुअघि नै हटाएको थियो। मन्त्रीको पदभार ग्रहणपछि उनले कार्यकक्षमा कर्मचारी सरुवामा उपय्ुक्त मान्छेले उपयुक्त जिम्मेवारी पाउने उल्लेख गरे।
‘कर्मचारी सरुवा, जिम्मेवारी प्रदानमा सुनिएका विगतका अनियमिततालाई निर्मूल गरिनेछ’, उनले भने, ‘उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारीलाई कडाइसाथ लागू गरिनेछ। प्रतिशोध गरिनेछैन।’
Image Source: © https://mulpatra.com
उनले कर्मचारीहरुलाई असल नियतले ढुक्क भएर काम गर्न आग्रह गरे।
‘नडराई काम गर्नुहोला, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। अहिलेको अवस्था हेरेर काम गर्नुहोस्, कसैप्रति पूर्वाग्रही हुनेछैन। द्रुतगतिमा काम गर्नुहोला। निर्णयहरु फास्ट ट्राकमा काम गर्नुस्। १८ घण्टा खटिनुस्।’, उनले भने।



