अर्थमन्त्री खनालको मुख्य योजना:तीन सदस्यीय कार्यदल गठन गरी आयोजना फिल्टर गरेर एक खर्ब जुटाउने
काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभारपछि बजेटमा रहेका तयारी नभएका र राजनीतिक दबाबमा परेको टुक्रे आयोजना कटौती गरेर एक खर्बसम्मको स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी छ महिनामा हुने चुनाव र पुनर्निर्माणका लागि आवश्यक बजेट समायोजन गर्न प्राथमिकता दिने बताए ।
खनालको नेतृत्वमा सरकार आर्थिक सुधार र बजेट व्यवस्थापनमा एक नयाँ दिशा तय गर्न लागेको छ ।
कार्यक्रमको समायोजन गर्दै मन्त्री खनालले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलले सबै बजेट योजनालाई फिल्टर गरी प्राथमिकता तय गर्नेछ ।
![]() |
![]() |
![]() |
|---|
उनले सरकारले कुनै नयाँ सवारी साधन किन्ने सट्टा पुराना गाडीहरू बेचेर पुनर्निर्माण प्रक्रिया सुरु गर्ने योजना रहेको जानकारी दिए ।
अर्थमन्त्री खनालले निजी क्षेत्रको विश्वास जित्न पनि जोड दिए । उनले भने,‘निजी क्षेत्रसँगको समन्वयमा सुधारका कदमहरू चाल्नु पर्नेछ, ताकि राजस्व असुलीमा दबाब कम होस् र आर्थिक विकासमा मद्दत पुगोस् ।’



