Close

Recent Posts

साउदीमा अलपत्र ११ नेपाली रित्तै स्वदेश फर्किए

साउदीमा अलपत्र ११ नेपाली रित्तै स्वदेश फर्किए
  • ३१ भाद्र २०८२, मंगलवार १०:५८

काठमाडौँ– साउदी अरबको यान्बु शहरमा कामविहीन र अलपत्र बनेका ११ जना नेपाली श्रमिकहरूको उद्धार गरिएको छ । नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले अन्ततः बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो।

mulpatra

पाँच महिनादेखि तलब र काम नपाएका उनीहरूले करिब एक महिना अघि नेपाली सेवा समिति–यान्बुसँग सम्पर्क गरेपछि विषय सार्वजनिक हुँदै विभिन्न सञ्चारमाध्यममार्फत दबाब सिर्जना भएको थियो। त्यसपछि उद्धारको प्रक्रिया अघि बढेको हो ।

तीमध्ये एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन् भने बाँकी १० जना श्रमिक आज नेपाल फर्किएका छन् । समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले उद्धारमा संलग्न दूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो।

mulpatra mulpatra mulpatra

“खान नपाएर परदेशमै ज्यान जाने हो कि भन्ने अवस्था थियो। नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग गरेर हामीलाई अभिभावकझैं संरक्षण ग¥यो,” एक पीडितले भावुक हुँदै भने।

उनीहरूले पाँच महिना देखिको करिब ५९ हजार साउदी रियाल (नेरू २२ लाख) तलब नपाएको गुनासोसमेत गरेका छन्। कम्पनीले तलब त दिन्छु भने पनि अन्ततः टिकट मात्र उपलब्ध गराएको श्रमिकहरूले बताएका छन्।

गत सेप्टेम्बर २०२३ मा अल फराज इन्टरनेशनल ओभरसिज प्रा.लि. मार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनी एलएलसी मा मेसन, टिब्वाई र लेबरका रूपमा पुगेका उनीहरूलाई सुरुमा केही महिना तलब दिइएको थियो।

Image Source: © https://mulpatra.com

तर, पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (इकामा) नवीकरण नगरिएको, पाँच महिनादेखि तलब नदिएको र दुई महिनादेखि बस्ने कोठामा बत्तीसमेत नबलेको कारण उनीहरूको अवस्था दयनीय बनेको थियो।

उनीहरूको पीडाबारे नेपालका राष्ट्रिय दैनिकसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अन्ततः उद्धार सहज भएको समितिका सचिब मन सिन्जालीले जानकारी दिए।