दशैंमा अग्रिम टिकट नखुल्ने

काठमाडौं– यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
आन्दोलनपछि लगाएको कफ्र्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ। सरकारले दशैंमा घर जाने सर्वसाधरणको लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।