बालेनले हर्कलाई एकतर्फी माया गर्न छाड्दिनँ भनेर स्टाटस लेखे

काठमाडौं– धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका छन् । एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काए, तर पत्थरको जवाफ फुलले दिएको शैलीमा ।
‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
