Close

श्रम मन्त्रीमा २ पुर्वसचिव र ४ म्यानपावर व्यवसायीको चर्चा, विदेशमा कार्यरत कामदारसँग अभिमत लिने

श्रम मन्त्रीमा २ पुर्वसचिव र ४ म्यानपावर व्यवसायीको चर्चा, विदेशमा कार्यरत कामदारसँग अभिमत लिने
  • १ आश्विन २०८२, बुधबार ११:२१

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा २ पुर्व श्रमसचिव सहित ४ जना म्यानपावर व्यवसायी सञ्चालकको चर्चा चलिरहेको छ । श्रम, मन्त्रालयमा नयाँ नेतृत्वमा पूर्व श्रमसचिव महेश दहाल र केबलप्रसाद भण्डारीसँगै म्यानपावर व्यवसायी रघुनाथ पुरी, राजेन्द्र भण्डारी, मेघनाथ भुर्तेल र सुजित श्रेष्ठलाई श्रम मन्त्रीको जिम्मेवारी दिन सकिनेबारे जेनजी समूहभित्र छलफल चलिरहेको छ ।

mulpatra

जेनजी समूहभित्र अहिले आन्तरिक मतदानसमेत भइरहेको र विशेषगरी रघुनाथ पुरी र मेघनाथ भुर्तेलको पक्षमा ठूलो समर्थन देखिएको जेनजीकै एक प्रतिनिधिले जानकारी दिए । वैदेशिक रोजगार क्षेत्रमा बढी संलग्न रहँदै आएका यी व्यवसायीहरूको नाम अगाडि आउनुले श्रम मन्त्रालयको भावी नेतृत्व म्यानपावर व्यवसायीकै हातमा दिनुपनर्छ भन्ने चर्चा समेत छ ।

२१ जना व्यवसायीबाट उनीहरुको नाम अगाडी ल्याइएको जेनजीले नै जनाएको छ । उनीहरुको नाम प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइएको जेनजीको भनाइ छ । निर्वामान श्रम मन्त्री शरद्सिंह भण्डारी जेन आन्दोलनकै कारण अहिले पनि सेनाको सुरक्षामा छन् ।

सुधार र वैदेशिक रोजगारको नियमनलाई प्राथमिकता दिनुपर्ने बेलामा म्यानपावर व्यवसायीहरूलाई नेतृत्व दिँदा समस्या हुने भन्दै पुर्वश्रम सचिवहरुलाई श्रम मन्त्री बनाउनुपर्ने पनि जेनजीमा बहस भइरहेको छ ।

विदेशमा कार्यरत कामदारसँग अभिमत लिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि उनीहरू नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नीतिबाट प्रत्यक्ष प्रभावित हुने वर्ग हुन् । यो प्रक्रिया यसरी अगाडि बढाएर समेत श्रम मन्त्री छान्ने विषयमा छलफल भइरहेको जेनजीले जनाएको छ ।

अनलाइन प्लेटफर्ममार्फत फेसबुक, व्हाट्सएप, टेलिग्रामजस्ता प्लेटफर्ममा वैदेशिक रोजगारीमा कार्यरत कामदारसँग पुर्वश्रम सचिव र व्यवसायीका बारेमा अभिमत लिने काम पनि भइरहेको एक जेनजीले जानकारी दिए । उनीहरुलाई पार्टीगत भन्दा पनि व्यवसायीका रुपमा जेनजीले श्रम मन्त्रीका नाम अघि सारेको जनाएको छ । भने श्रमसविचको भने धेरै तिरबाट चर्चा आएको जेन जीको दाबी छ ।

वैदेशिक रोजगारको नियमन, श्रमिक हित संरक्षण र सामाजिक सुरक्षासम्बन्धी चुनौतीका कारण मन्त्रालयलाई सक्षम नेतृत्व आवश्यक भएको आवाज उठिरहेको छ । तर म्यानपावर व्यवसायीबाटै भिसा किन्ने, ठगि गर्ने, एजेन्ट र अन्य समस्या भएको भन्दै म्यानपावर व्यवसायीलाई मन्त्री बनाउनु नहुने भन्दै विरोध समेत भइरहेको छ ।

यस क्रममा पूर्व श्रमसचिवदेखि म्यानपावर व्यवसायी सञ्चालकसम्मका नामहरू जेनजी समूहभित्र चर्चामा रहेका छन् । मन्त्रालयको भावी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा आन्तरिक मतदान र छलफलसमेत सुरु भएको स्रोतको दाबी छ ।

जेनजी पुर्वराजदूतहरुको पनि नाम अघि सारेको थियो । तर पुर्व राजदूतहरुले रोजगारदाता देशमा बस्दा एनआरएनएसँग मिलेर भिसा व्यापार र अन्य कार्यमा सलंग्न भएको देखेपछि उनीहरुको बारेमा बहस नै समुहबाट निकालिएको जेनजीको भनाइ छ ।