सरकारले राष्ट्रिय सदाचार नीतिमा तोक्यो राजनीतिक दलले गर्नुपर्ने कार्यहरू
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा सुशासन, पारदर्शिता र नैतिक आचरण प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ लागू गरेको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिले सार्वजनिक निकाय, राजनीतिक दल, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूका लागि स्पष्ट आचरण र जिम्मेवारी निर्धारण गरेको छ। सरकारले ‘सदाचारयुक्त समाजमार्फत सुशासन र समृद्धि’ हासिल गर्ने लक्ष्यसहित नीति कार्यान्वयनमा ल्याएको जनाएको छ।

नीतिले सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने, स्वार्थ बाझिने अवस्थाको व्यवस्थापन गर्ने, निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने तथा सार्वजनिक स्रोतको सदुपयोग सुनिश्चित गर्ने व्यवस्था गरेको छ। साथै सरकारी सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत थप प्रभावकारी बनाउने, नागरिकका गुनासो अनलाइनबाट सम्बोधन गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म सदाचार र नैतिकतासम्बन्धी शिक्षा समावेश गर्ने तथा नीति कार्यान्वयनको अनुगमनका लागि मुख्य सचिवको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ।
सरकारले राजनीतिक दलहरूका लागि पनि छुट्टै आचार मापदण्ड निर्धारण गरेको छ। नीतिको २.२.३ ‘राजनीतिक दल’ शीर्षकअन्तर्गत दलहरूले लोकतान्त्रिक मूल्य, पारदर्शिता, जवाफदेहिता र सदाचारलाई संस्थागत गर्नुपर्ने उल्लेख गरिएको छ। राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता, कानुनको पालना, कार्यकर्ताको अनुशासन, सार्वजनिक संस्थामा प्रतिनिधित्व गर्ने व्यक्तिको कार्यसम्पादनको अनुगमन तथा नैतिक समितिसमेत गठन गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारका अनुसार यी प्रावधानले राजनीतिक संस्कृतिमा सुधार ल्याउने र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
राजनीतिक दलले के के गर्ने ?
(१) राजनीतिक दलले मतदाताको सम्मान, मर्यादित व्यवहार, फरक विचार र सिद्धान्त राख्ने दलहरूको सम्मान गर्नुका साथै पर्यवेक्षकहरूको काममा हस्तक्षेप नगर्ने।
(२) समर्थकहरूलाई हिंसात्मक वा आक्रामक व्यवहारमा संलग्न हुनबाट टाढा राख्ने।
Image Source: © https://mulpatra.com
(३) कानुनी ढङ्गले र निर्वाचनसम्बन्धी कानुन एवम् आचार संहिताको पालना गर्ने तथा दलको कार्यकर्ताका कारणले र समयमा कुनै कानुनको पालना गर्ने कुरामा सुनिश्चित गर्ने।
(४) दलको कार्यसम्पादन एवम् आवश्यकतामा पारदर्शिता अपनाउने र उच्च आचरणको मापदण्ड कार्यान्वयन गर्ने।
(५) सार्वजनिक संस्थाहरूमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूको कार्यसम्पादन र चुनावी वाचाहरू पूरा गर्ने सम्बन्धमा भएका कार्यहरूको व्यवस्थित रूपमा अनुगमन र प्रतिवेदन गर्ने संयन्त्र तयार गर्ने।
(६) आचरण परिपालना गर्न दलभित्र नैतिक समिति जस्ता आन्तरिक संयन्त्रहरू स्थापना गर्ने र अनुशासनात्मक उपाय लागू गर्ने।
(७) लोकतान्त्रिक मूल्य र आन्तरिक पारदर्शिता सुनिश्चित गर्ने।
(८) आचारसंहिताको पालना गर्दै दलिय निर्णय पारदर्शी तथा विवेकसम्मत ढङ्गले लिने।
(९) सार्वजनिक चासोमा आधारित नीति निर्माणलाई प्राथमिकता दिने।
(१०) आफूले गरेका निर्णय र कार्य पद्धतिमा पारदर्शिता अपनाउने।
(११) पद र गोप्य सूचनाको प्रयोग सार्वजनिक हितमा मात्र गर्ने।
(१२) सार्वजनिक पदमा नियुक्त भएमा अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने।
(१३) पदीय र व्यक्तिगत रूपमा सदाचारयुक्त व्यवहार गर्ने।
(१४) जिम्मेवार र जवाफदेही संस्थागत संस्कृति निर्माणमा टेवा पुर्याउने।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



