Close

Recent Posts

नेप्सेमा लागु भयो पुरानै अवस्था: अन्तिम कारोवार नै गणना गरिने

नेप्सेमा लागु भयो पुरानै अवस्था: अन्तिम कारोवार नै गणना गरिने
  • ५ आश्विन २०८२, आईतवार १०:०२

काठमाण्डौ । शेयर कारोवारमा हुँदै आएको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गरेको छ । आज यसको प्राविधिक परीक्षण हुने भएको छ । यसको पूर्ण कार्यान्वयन भने असोज ७ मंगलबार देखि मात्र हुने नेप्सेले जनाएको छ ।

mulpatra

ुनेपाल धितोपत्र बोर्डले पहिले २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिदै आएको थियो। यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था थियो । तर मंगलबार देखि भने अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ

यस अघि पनि अन्तिम कारोबार मुल्यका आधारमै गणना हुने व्यवस्था भएपनि २०८१ चैत्रबाट मात्र अन्तिम १५ मिनेटको भारती औषत गणना विधि लागु गरिएको थियो । तर नयाँ अन्तरिम अर्थमन्त्री आएपछि सो गणना विधि विधि तत्कालका लागि हटेको छ