सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय

काठमाडौं– नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार तोलामा ८०० रुपैयाँ वृद्धि भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन तोलाको २ लाख १६ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन ४० रुपैयाँले वृद्धि भएर चाँदीको भाउ तोलाको २ हजार ६२० रुपैयाँ पुगेको छ ।
यस अघि भदौ ३१ गते एक तोला चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ पुगेको थियो ।