Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज घटस्थापना, शुरु भयो दशैं

आज घटस्थापना, शुरु भयो दशैं
  • ६ आश्विन २०८२, सोमबार ०८:३६

काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापनामा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरि जमरा राखेपछि बडादशै शुरु भएको मानिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि दुर्गामाताको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

mulpatra

गाईको गोबरले लिपपोत गरि पुजाकोठामा चोखो माटो र बालुवामा जौ, मकै छरेर विधिपूर्वक जमरा राखिन्छ । यसरी राखिएको जमरा विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीकको रुपमा लगाइन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादर्शैमा नवरात्र भर विभिन्न देवीहरुको पुजा गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यी नौ दिनमा दुर्गाका नौ स्वरुपको पुजा गरिन्छ । दशौं दिन आफुभन्दा ठुलाबडाबाट टिका र आशिर्वाद थाप्ने गरिन्छ ।

mulpatra mulpatra mulpatra

नौ देवी स्वरुप शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको क्रमस नौ दिन पूजा आराधना गरिन्छ ।

घटस्थापनाको सातौ दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन विभिन्न जनावरहरुको बलि दिई विशेष पुजा गर्ने चलन छ ।