Close

Recent Posts

कर्मचारीले घुस मागे हटलाइनमा फोन गर्न मन्त्रालयको सुचना

कर्मचारीले घुस मागे हटलाइनमा फोन गर्न मन्त्रालयको सुचना
  • ७ आश्विन २०८२, मंगलवार ०६:५४

काठमाण्डौ । मन्त्रालय मातहतको कुनै पनि काम गर्दा कर्मचारीले घुस मागे हटलाइन नम्बरमा सोझै फोन गरेर जानकारी दिन सकिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको छ ।

mulpatra

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने जनाएको हो।

सूचनामा यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको कार्य नगरे, नगर्नु परेको कार्य गरे वा अनुचित कार्यको लागि दबाब दिएको वा घुस तथा रिसवत माग गरेको लगायतका कुनैपनि प्रकारका ढिलासुस्ति वा सेवा प्रवाहमा कठिनाई भए सम्पर्क गर्न भनिएको हो।

mulpatra mulpatra mulpatra

कसैले घुसमागे, रकम असुल गर्न काममा आनाकानी गरे, ढिलाई गरे अर्थमन्त्री खनालको इमेल rameshore@mof.gov.np, मन्त्रालयको इमेल gunaso@mof.gov.np र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न सकिने छ।