Close

सेयर बजारको सुधार प्रतिवेदन अर्थमन्त्रीलाई बुझायो

सेयर बजारको सुधार प्रतिवेदन अर्थमन्त्रीलाई बुझायो
  • ९ आश्विन २०८२, बिहीबार १६:१३

काठमाडौं–पूँजी बजारमा देखिएको अस्थिरता र लगानीकर्ताको मनोबल खस्किएको बेला गठन गरिएको कार्यदलले प्रतिवदन बुझाएको छ । बिहीबार बिहान अर्थमन्त्री रामेश्वर खनाललाई कार्यदलले प्रतिवेदन बुझाएको हो ।

mulpatra

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले पुँजी बजारमा देखिएका समस्या र सुधारका उपाय सहितको प्रतिवेदन तयार पारेको हो ।

जेनजी आन्दोलनपछि एक साता लामो बन्दबाट खुलेको शसयर बजार बिहीबार १६० अंकले ओरालो लागेपछि सरकार चनाखो भएको थियो । तत्कालै अर्थमन्त्री खनालले कार्यदल गठन गर्दै पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिवेदनमा पुँजी बजारमा देखिएको विसङ्गति, नियमनको खुकुलो प्रणाली, सूचनाको अभाव, लगानीकर्तामा फैलिएको अन्योल लगायत समस्याका समाधानका लागि प्रणालीगत र प्रक्रियागत सुधारका उपाय समेटिएको स्रोतको दाबी छ ।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् ।

निरौलालाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो । अर्थ मन्त्रालयले प्रतिवेदनलाई चाँडै सार्वजनिक गर्दै वेबसाइटमार्फत प्रकाशित गर्ने तयारी गरेको छ ।