Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मन्त्री महावीरको सादगी जीवनले सुरक्षा सहित हिँड्ने मन्त्रीलाई सिकाएको पाठ

मन्त्री महावीरको सादगी जीवनले सुरक्षा सहित हिँड्ने मन्त्रीलाई सिकाएको पाठ
  • १५ आश्विन २०८२, बुधबार ०८:१९

काठमाडौं । देशको राजनीतिक र प्रशासनिक केन्द्रमा मन्त्री भनेको ठूलो महंगो गाडी, अगाडि–पछाडि स्कर्टिङ गर्ने प्रहरी, सुरक्षा घेरासहितका भिड र स्वागत कार्यक्रमसँगै देखिने चलन सामान्य जस्तै बनेको बेला अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भने यो प्रचलनलाई उल्ट्याइदिएका छन्।

mulpatra

मन्त्री नियुक्त भएसँगै पहिलो पटक पोखरा पुगेका पुनले न कुनै सुरक्षा गार्ड लिए, न सरकारी गाडी। विमानस्थलबाट निस्केर उनी ट्याक्सी चढेर नदीपुरस्थित आफ्नै डेरातर्फ लागे। सामान्य हुलियामा—हाफ पाइन्ट, टिसर्ट, टोपी र चप्पलमा बजारमा देखिएका पुनको सादगीपनमा धेरैको ध्यान मात्र खिचिएन सामाजिक सन्जालमा चर्चाको विषय समेत बने । श्रीमतीसँगै सडकमा हिँडिरहेका उनको तस्बिर भाइरल भएपछि सामाजिक सञ्जालमा ‘यस्तो मन्त्री चाहिन्छ, सरकारी सुविधा, गाडी, सुरक्षा गार्ड वेगर पनि मन्त्री हिड्न सक्ने रहेछन त’ भनेर उदाहरण समेत बने ।

सादा जीवनशैली र नागरिक नजिक हुनुपर्ने पाठ

mulpatra mulpatra mulpatra

कास्की प्रहरीले मन्त्री पुनको सुरक्षार्थ प्रहरी टोली खटाउन खोज्दा उनले ‘पर्दैन’ भनेर फर्काइदिए। उनका अनुसार आफूलाई कुनै असुरक्षा छैन, बरु आम नागरिक जसरी हिँड्दा तिनीहरूसँग नजिक हुन सकिन्छ। यो दृष्टान्तले सुरक्षाको नाममा जनताबाट टाढा हुने, विलासी जीवनशैली देखाउने पुर्व मन्त्री, सरकारी सुविधानमा हिड्ने वरिष्ठ र राजनीतिक दलका नेताहरुलाई ठाडो चुनौति थपिदिएका छन् ।

महावीर पुनको जीवनशैली सामान्य मात्र होइन, व्यावहारिक पनि छ। उनी दशैं मनाउन चितवन पर्यटक बसमै गए। पोखराको सडकमा श्रीमतीसँगै पसल धाउने, एटिएमबाट पैसा निकाल्ने जस्ता सामान्य गतिविधिले उनी मन्त्री भएर पनि ‘आम मानिसकै जीवन जिउन सकिन्छ’ भन्ने पाठ उच्च ओहोदाका सरकारी संयन्त्र दुरुपयोग गरिरहेकाहरुलाई सिकाएका छन्।

त्यतिमात्र होइन उनले मन्त्रीको हैसियतमा रहँदै गर्दा पनि सादगीपूर्ण जीवनशैली सम्भव छ, सुरक्षा वा विलासीपनै हैसियतको मापन गर्ने वस्तु होइन बरु, सादगी पनले मन्त्रीलाई नागरिकमाझ अझै विश्वसनीय र प्रिय बनाउँछ भन्ने सिकाउन खोजेका छन् ।

Image Source: © https://mulpatra.com

‘साधारण’ भन्ने नाममा व्यवस्थापन र मर्यादा बेवास्ता गरेको आरोप सरकारी सुविधा भोग्दै गरेकाहरुले लगाउन सक्ने कुरामा उनी सचेत छन् । त्यसको जवाफ मन्त्री नहुँदै उनले दिएका थिए ‘मन्त्री भएपछि अकुत नकमाउने, विधि पद्धती भन्दा बाहिर बसेर काम नगर्ने र जनताको पक्षमा निर्णय गर्ने हो भने मन्त्रीले किन सुरक्षा लिएर हिड्नु पर्ने ? किन विलासी गाडी चाहिने ? सरकारी संयन्त्रको दुरुपयोग गर्नुभन्दा रकम अनुसन्धानमा लगाउने ।’

उनको यही सादगी जीन्दगीले जनतामा आशा जगाएको छ र मन्त्रीले सत्ता र सुविधामा डुबेर होइन, आम नागरिकसँगै बस्ने र जनताको हितमा काम गर्ने भन्ने सन्देश दिएका छन् ।

महावीर पुनको कदमले सुरक्षासहित हिँड्ने, विलासी गाडी चढ्ने, जनतासँग दूरी बढाउने नेताहरुलाई गहिरो पाठ पढाएको छ। मन्त्री हुनु भनेको विशेषाधिकारको प्रदर्शन होइन, बरु जनतासँग नजिक भएर उनीहरूको जीवनको अनुभव साझा गर्नु हो भन्ने उनले देखाएका छन्। र उनले सिकाउन खोजेका छन् ‘सत्तामा पुग्दा जनतालाई बिर्सनुपर्ने होइन’ भन्ने कुरा ।