पहिरो र पुल बगाएपछि मेचीराज मार्ग बन्द

इलाम । पहिरो तथा पुल बगाए पछि मेची राजमार्ग बन्द भएको छ । झापा–इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने सडकको विभिन्न स्थानमा पहिरो गएको छ ।
लगातारको भारी वर्षापछि आएको बाढीले मेची राजमार्गमा रहेका तीन वटा पुल बगाएको छ । माइखोला पुल, पुवाखोलामा बनाएको बेलीब्रीज र जोगमाईमा रहेको बेलिब्रिज बाढीले बगाएको हो ।
शनिवार दिउँसो जिल्ला प्रसासनले सुचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।