शेयर धितो कर्जाको २५ करोडको सिमा हटाएपछि शेयर लगानी कर्ताहरुमा उत्साह

काठमाडौं । शेयर धितो कर्जाको व्यक्तिगत तर्फको २५ करोडको सिमा हटाएपछि शेयर लगानी कर्ताहरुमा उत्साह छाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो। त्यसमा शेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ ।
यस अघि जारी निर्देशनमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजत पत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ कायमको व्यवस्था हटाएको हो ।
अर्थमन्त्रालयको पुँजीबजार सुधार कार्यदलले दिएको सुझाव अनुसार राष्ट्रबैंकले पुरानो व्यवस्था खारेज गरेको हो । यो व्यवस्थासँगै व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो कर्जा लिने सिमा हटेको छ ।
त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । केन्दिैय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधीको लागि मात्र लगानी गर्न भएको छ ।
यसअघि बैंक वा वित्तिय संस्थाहरुले खरिद गरेको शेयर एक बर्ष भित्र विक्री गर्न नपाइने व्यवस्था थियो । अब छ महिना भित्र त्यस्ता शेयर विक्री गर्न नपाइने व्यवस्था भएको छ । त्यसै गरि बैंक वित्तिय संस्थाले लगानी गरेको एक बर्ष व्यतित भएको पुजीँ पनि एक आर्थिक बर्षमा २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था समेत हटाइएको छ ।