Close

Recent Posts

जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बिमा दाबी

जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बिमा दाबी
  • २३ आश्विन २०८२, बिहीबार १२:३६

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

mulpatra

१४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल तीन हजार ९९ वटा बिमा दाबीको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम पुगेको हो ।

निर्जीवन बिमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणमा विमा दाविको विवरण बुझाइपछि उत्तः रकम खुल्न आएको हो । निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्म अग्रिम भुक्तानीसमेत गरी एक अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।