सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति भयो: गृहमन्त्री

सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति भयो: गृहमन्त्री
  • १ कार्तिक २०८२, शुक्रबार १०:५६

काठमाडौं– आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना समेत गरिएको छ ।

mulpatra

उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रूपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।

७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दुःख व्यक्त गरे ।

‘मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो,’ अर्यालले भने, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे ।

गृहमन्त्री अर्यालले भने,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ ।’

जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएका छन् ।’ साधन स्रोतले प्रहरीलाई सक्षम बनाउन मन्त्रालय तत्पर रहेको उनले बताए ।