सुनको भाउमा नयाँ रेकर्ड, २ लाख ५० हजारमाथि
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ हजार १ सयले बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ।
बुधबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ७५रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
![]() |
![]() |
![]() |
|---|



