बैंकको २ महिनाको कमाइ साढे १६ अर्ब
काठमाडौं–वाणिज्य बैंकहरुले दुई महिनामै साढे १६ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा २० वटा बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यद्यपि, यो नाफा गत आवको सोही अवधिको तुलना भने ६.१७ प्रतिशत कमी हो । गत आवको भदौ मसान्तसम्म बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
समिक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको देखिन्छ । दुई महिनाको आँकडा अनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको तुलनामा ३.९७ प्रतिशत धेरै हो । गत आवको भदौ मसान्तसम्म ग्लोबल आइएमईले १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफा रकमको आधारमा दोस्रो स्थानमा भने नबिल बैंक छ । प्रायः पहिलो सूचीमा हुने नबिल भदौ मसान्तसम्म भने दोस्रो स्थानमा पुगेको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ३द्द करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा रकम गत आवको सोही अवधिको तुलनामा भने २०.०९ प्रतिशत कमी हो । नबिलले गत आवको पहिलो दुई महिनामा १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले दुई महिनामा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । तर, बैंकको नाफा गत आवको तुलनामा भने १०.५० प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चौंथो सूचीमा रहेको कुमारी बैंकले पनि १ अर्ब ५ करोड ६८ लाख, पाँचौं स्थानमा रहेको प्राइमले १ अर्ब ४ करोड ६७ लाख र छैटौं स्थानमा रहेको एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको तुलनामा कुमारीको नाफा २.६० प्रतिशत घटेको छ भने प्राइम र एनएमबिको नाफा क्रमशः ७.३९ प्रतिशत र ३२.१४ प्रतिशत वृद्धि भएको देखिन्छ ।
नाफा वृद्धिदर भने सिद्धार्थ बैंकको उच्च छ । समिक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा ४०.१७ प्रतिशत वृद्धि भई ८४ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।
वृद्धिदरमा दोस्रो स्थानमा रहेको एनएमबि छ। तेस्रो सूचीमा रहेको नेपाल बैंकले पनि २४.२७ प्रतिशत बढाएर ८४ करोड २८ लाख रुपैयाँ पु¥यााएको छ ।
यता, माछापुच्छ्र् बैंकको नाफा पनि २.७९प्रतिशत वृद्धि भई ४८ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको १२.६६ प्रतिशत बढेर ९७ करोड ४१ लाख, एभरेष्टको १०.५७ प्रतिशत बढेर ९१ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यता, सानिमा बैंकको नाफा पनि ४.६८ प्रतिशत बढेर ७२ करोड १५ लाख र राष्ट्रिय वाणिज्य बैंकको ०.६३ प्रतिशत वृद्धि भई ८८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन बैंकको नाफा सर्वाधिक ६८.२६ प्रतिशत घटेर ३७ करोड ७ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेपाल एसबिआईको नाफा पनि ३३.५९ प्रतिशत, कृषि विकासको ३३.५० प्रतिशत, प्रभूको २५.९७ प्रतिशत, एनआइसी एशियाको १४.२६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १२.२१ प्रतिशत, सिटिजन्सको ५.६० प्रतिशत घटेको छ । यी बैंकहरुले चालु आवको दुई महिनामा क्रमशः ३५ करोड ४५ लाख, ५८ करोड ९८ लाख, ६७ करोड ६० लाख, ४९ करोड ५१ लाख र ५३ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
