विश्वकप उद्घाटन खेलमा मेक्सिको विजयी

विश्वकप उद्घाटन खेलमा मेक्सिको विजयी
  • २९ जेष्ठ २०८३, शुक्रबार ०७:१०

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिको ले दक्षिण अफ्रिका माथि २–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियम मा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

mulpatra

हजारौँ समर्थकको उपस्थितिमा मेक्सिकोले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको नवौँ मिनेटमै क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । दक्षिण अफ्रिकाको रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै उनले उत्कृष्ट प्रहारमार्फत बल जाली चुमाएका थिए ।

दोस्रो हाफमा दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा उठाउँदै ६७औँ मिनेटमा राउल जिमिनेजले हेडमार्फत गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । गोलपछि जिमिनेज निकै भावुक देखिएका थिए ।

mulpatra mulpatra mulpatra

प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइयो । दक्षिण अफ्रिकाका सिथोले र थेम्बा ज्वाने मैदानबाट बाहिरिँदा इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाए । यसै खेलमा १७ वर्षीय गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै मेक्सिकोका लागि सबैभन्दा कान्छो विश्वकप खेलाडी बन्ने कीर्तिमानसमेत बनाए ।

जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणतर्फ बलियो