Close

Recent Posts

गृहमन्त्रीले होल्डिङ सेन्टरमा मागे माफी, आफैँ उठिबास लगाएपछि माफी होइन तत्काल स्थायी बसोबास गराऊः सुकुम्बासी

गृहमन्त्रीले होल्डिङ सेन्टरमा मागे माफी, आफैँ उठिबास लगाएपछि माफी होइन तत्काल स्थायी बसोबास गराऊः सुकुम्बासी
  • २९ जेष्ठ २०८३, शुक्रबार ०९:२३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गर्दै विगतमा भएका कमजोरीप्रति माफी मागेका छन् ।

mulpatra

बिहीबार साँझ होल्डिङ सेन्टर पुगेका गृहमन्त्री गुरुङले आफू मन्त्रालयको जिम्मेवारीमा नरहेका बेला बस्ती हटाइएको भए पनि सरकार उचित व्यवस्थापनप्रति गम्भीर रहेको बताएका थिए । उनले ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ’ भन्दै सुकुम्बासी परिवारसँग क्षमा मागेका थिए ।

तर होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले भने आफूहरू महिनौँदेखि अस्थायी जीवन बिताउन बाध्य भएको गुनासो गरेका छन् । उनीहरूले सरकारको व्यवहारले आफूहरूलाई अपराधीजस्तै बनाएको आरोप लगाएका छन् ।

mulpatra mulpatra mulpatra

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीले भने भविष्यको टुंगो लगाउन, बच्चाहरुको पढाइ सूचारु गर्न माफी होइन बस्ने घर चाहिएको कुरा बताएका छन् ।

विकल्प तयार नगरि होल्डिङ सेन्टरमा थुनिएजस्तो बन्दी बनाइएजस्तो अनुभूति भएको समेत सुकुम्बासीले पीडा पोखेका छन् । उनीहरुका् एउटै माग छ ‘सरकारले स्थायी बसोबास र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ’ ।

सुकुम्बासी परिवारहरूले होल्डिङ सेन्टरमा खानपिन, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षामा गम्भीर समस्या रहेको बताएका छन् । कतिपय बिरामीले औषधि किन्नसमेत पैसा नभएको गुनासो गरेका छन् भने बालबालिकाको नियमित पढाइ अवरुद्ध भएको छ ।

Image Source: © https://mulpatra.com

गृहमन्त्री गुरुङले पीडितहरूको गुनासो सुनेपछि प्रहरी टोली खटाउन निर्देशन दिएका छन् । स्वास्थ्य समस्या वा आकस्मिक अवस्था आउँदा तुरुन्त उद्धार गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तर अधिकारकर्मी तथा सुकुम्बासी अभियन्ताहरूले होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन् । उनीहरूका अनुसार सरकारले सुकुम्बासीलाई अस्थायी शिविरमा राखेर जिम्मेवारी पूरा भएको ठान्नुभन्दा तत्काल स्थायी आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्छ ।

हाल होल्डिङ सेन्टरमा बसिरहेका परिवारहरू सरकारले स्थायी पुनर्स्थापनाको स्पष्ट योजना सार्वजनिक गरोस् भन्ने अपेक्षामा छन् । उनीहरूले अब आश्वासनभन्दा कार्यान्वयन चाहिएको बताएका छन् । उनीहरुको एउटै माग छ आफै भत्काएर मागेको माफीको अर्थ छैन हामीलाई ‘माफी होइन, स्थायी बसोबास र रोजगारी चाहिएको छ’ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com