Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै

यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै
  • ३ कार्तिक २०८२, आईतवार ०५:२६

काठमाडौँ । हिन्दू धर्मावलम्भीहरुको दोश्रो ठूलो चाड तिहारको पहिलो दिनको रुपमा आज काग तिहार मनाइँदै छ ।

mulpatra

पाँच दिन मनाइने तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म मनाइन्छ । यस अवधिलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

कागलाई यमराजको दूतको रुपमा पनि लिइने हुनाले यमपञ्चकको पहिलो दिन कागको पूजा गरिदै आइएको छ । यमराजको सन्देश काग मार्फत आउने कुरा विश्वास गरिन्छ । त्यहि भएर नै कागलाई यमराजको सन्देश बाहकको रुपमा पूजा गर्ने प्रचलन छ ।

mulpatra mulpatra mulpatra

यमराजले समेत लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्ने मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ ।

कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता छ । लोक व्यवहारमा काग घरमा आई कराएमा केही सन्देश आएको लोक विश्वास समेत रहेको छ ।

यमपञ्चक को पहिलो दिन काग तिहार मनाए पछि दोश्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

Image Source: © https://mulpatra.com