Close

Recent Posts

यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै

यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै
  • ३ कार्तिक २०८२, आईतवार ०५:२६

काठमाडौँ । हिन्दू धर्मावलम्भीहरुको दोश्रो ठूलो चाड तिहारको पहिलो दिनको रुपमा आज काग तिहार मनाइँदै छ ।

mulpatra

पाँच दिन मनाइने तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म मनाइन्छ । यस अवधिलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

कागलाई यमराजको दूतको रुपमा पनि लिइने हुनाले यमपञ्चकको पहिलो दिन कागको पूजा गरिदै आइएको छ । यमराजको सन्देश काग मार्फत आउने कुरा विश्वास गरिन्छ । त्यहि भएर नै कागलाई यमराजको सन्देश बाहकको रुपमा पूजा गर्ने प्रचलन छ ।

यमराजले समेत लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्ने मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ ।

कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता छ । लोक व्यवहारमा काग घरमा आई कराएमा केही सन्देश आएको लोक विश्वास समेत रहेको छ ।

यमपञ्चक को पहिलो दिन काग तिहार मनाए पछि दोश्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।