नेपाल सम्वत्ः नयाँ बर्ष ११४६ आजबाट शुरु

नेपाल सम्वत्ः नयाँ बर्ष ११४६ आजबाट शुरु
  • ६ कार्तिक २०८२, बुधबार ०७:३७

काठमाडौं । आज देखि नेपाल संवत् ११४६ भएको छ । खासगरि नेवार समुदायले आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल सम्वतको नयाँ बर्ष मनाइँदैछन्।

mulpatra

नेपाल सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुआत गरेका थिए।

शङ्खधर साख्वालाई मौलिक सम्वत्को शुरुवात गरेको कारण २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरिएको हो भने वि.सं. २०६५ देखि नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको छ ।

mulpatra mulpatra mulpatra

हाल काठमाडौं, भक्तपुर, ललितपुरका सरकारी कामकाजका पत्रहरुमा समेत नेपाल सम्वत् उल्लेख गर्न थालिएको छ । नेपाल संवत् नेपालको मौलिक पंचाङ्ग (क्यालेन्डर) हो, जसले देशको राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवलाई प्रतिनिधित्व गर्छ ।