Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

अशान्ति र अराजकता निम्तिन नदिन सचेत हुन गृहको आग्रह

अशान्ति र अराजकता निम्तिन नदिन सचेत हुन गृहको आग्रह
  • ९ कार्तिक २०८२, शनिबार १९:४७

काठमाडौं । गृह मन्त्रालयले देशमा शान्ति, सुरक्षा र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैलाई संयमित र जिम्मेवार रहन आग्रह गरेको छ। जेनजी पुस्ताको आह्वानमा हाल देखिएका प्रदर्शन र गतिविधिलाई ध्यानमा राख्दै मन्त्रालयले अशान्ति र अराजकता निम्तिन नदिन सबै सचेत रहन अनुरोध गरेको हो।

mulpatra

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरणलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले निर्वाचन सम्बन्धी कानुनमा संसोधन, श्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरु एवं सरोकारवालाहरुसँग वाता र संंवाद गरिरहेको छ’

गृह मन्त्रालयले सामाजिक सन्जाल मार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै भनेको छ ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले गर्ने कार्यक्रममा घुसपैठ गरि अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ सचेत हुनपर्ने देखिन्छ ।’

mulpatra mulpatra mulpatra

गृह मन्त्रालयले विशेष गरी युवा पुस्तालाई जिम्मेवार आचरण अपनाउन आग्रह गर्दै भनेको छ ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरु कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षामा खलल हुन दिनुहुँदैन । ’

मन्त्रालयको सबैको जायज माग राख्दा धर्ना, जुलुस, प्रदर्शन आन्दोलन लगायतका कार्यक्रममा नगरी वार्ता र संवादका माध्यमबाट समाधान खोज्न समेत अनुरोध गरेको छ ।