मन्त्रीपरिषद विस्तार गर्दै प्रधानमन्त्री, आज चार मन्त्री थपिने
काठमाडौं । अन्तरिम सरकार प्रमुख रेहकी प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। आजै सपथ खुवाउने गरि चार जना मन्त्रीको नाम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

थपिने चार मन्त्रिहरुमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।
नियुक्ति हुने मन्त्रीहरुलाई आज दिउसो नै शपथ ग्रहण गराउने तयारी रहेको समेत श्रोतले जानकारी दिएको छ ।
![]() |
![]() |
![]() |
|---|



