मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त

मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त
  • १० कार्तिक २०८२, आईतवार १२:३४

काठमाडौं– दलित अभियन्ताको परिचय बनाएका खगेन्द्र सुनार विवादित पृष्ठभूमिका व्यक्ति भएको पाइएको छ ।

mulpatra

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक समेत रहेका सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई धाकधम्की र गालीगलौज गरेको तथा ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी परेको देखिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो । उनका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फस्र्यौट नभएको प्रहरी रेकर्डमा छ ।

mulpatra mulpatra mulpatra

उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले २० वैशाख २०८२ मा सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेकी थिइन् । उनका अनुसार, रुकुम पश्चिमको सोती घटनाबारे सुर्खेत उच्च अदालतले फैसला सुनाएपछि सुनारको नेतृत्वमा अदालतको गेटमा तोडफोड गर्नुका साथै नारा–जुलुस समेत गरिएको थियो ।

उक्त फैसलामा हत्या भएको ठहर भए पनि जातीय छुवाछुत नभएको ठहर अदालतले गरेको थियो । सो विषयमा असन्तुष्ट रहँदै सुनारले उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरुद्ध गालीगलौज गरेका थिए । उनले सामाजिक सञ्जालमा न्यायाधीशहरूको तस्वीरसमेत राखेर अपमानजनक शब्द प्रयोग गरेको प्रमाण उनका फेसबुक पोस्टहरूमा देखिन्छ ।

सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

Image Source: © https://mulpatra.com

सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।