तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार
काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको वैदेशीक व्यापार २६.०४ प्रतिशतले बढेको छ ।

साउनदेखि असोज मसान्तसम्म ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँ बराबरको वैदेशीक व्यापार भएको छ । गत आवको असोज मसान्तसम्म ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रूपैयाँ बराबरको बैदेशीक व्यापार भएको थियो ।
चालु ३ महिनामा वस्तु आयात ४ खर्ब ८६ अर्ब नाघेको छ । भदौसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो । अघिल्लो आव ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख बराबर वस्तु आयात भएको थियो ।
तीन महिनामा निर्यात भने ८९.६४ प्रतिशतले वृद्धि भएको छ । असोजसम्म ७२ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको थियो ।
तीन महिनाको तथ्यांक हेर्दा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापार २६ प्रतिशत बढ्दा पनि व्यापार घाटा भने १२.१८ प्रतिशतमात्र बढेको छ ।
कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.५४ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ४.९६ प्रतिशत कम हो । निर्यात हिस्सा १३.४६ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५०.४७ प्रतिशतले धेरै हो ।
