महाधिवेशनका लागि एमालेले २८ प्रतिशतले सदस्य संख्या बढ्यो

महाधिवेशनका लागि एमालेले २८ प्रतिशतले सदस्य संख्या बढ्यो
  • ११ कार्तिक २०८२, सोमबार ११:५२

काठमाडौं– मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।

mulpatra

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुने हो ।
महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ ।

अब बाँकी निर्णय सचिवालय बैठकले गर्ने उनले बताए । उनले भने । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरु सचिवालय बैठकले निर्णय गर्छ । आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको छ ।’

mulpatra mulpatra mulpatra

यसअघि ५ लाख ४० हजार पार्टी सदस्य थियौं,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौं ।’