Close

Recent Posts

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

मलेसियाले नयाँ कामदार भर्ना प्रक्रिया १० मापदण्डको शर्त राख्यो, मापदण्डभित्र पर्ने म्यानपावरले मात्र कामदार पठाउन सक्ने

मलेसियाले नयाँ कामदार भर्ना प्रक्रिया १० मापदण्डको शर्त राख्यो, मापदण्डभित्र पर्ने म्यानपावरले मात्र कामदार पठाउन सक्ने

विकास निर्माणमा जाने सवा खर्ब बजेट कटौति, विकासे काम ठप्प

विकास निर्माणमा जाने सवा खर्ब बजेट कटौति, विकासे काम ठप्प
  • १२ कार्तिक २०८२, मंगलवार ०८:०२

काठमाडौं– गत भदौ २४ मा आन्दोलनका दौरान विध्वंश भएका सरकारी संरचनाको पुनःनिर्माण र आगामी फागुनमा तोकिएको चुनावका लागि भनेर सरकारले सवा खर्ब रुपैयाँका आयोजनाहरुको बजेट काटेको छ ।

mulpatra

केपी ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षमा जम्मा ४ खर्बजति रकम पूँजीगत खर्चका लागि छुट्याएको थियो । त्यसको एक चौथाइभन्दा धेरै बजेट काटिदिएर अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई झनै अप्ठेरो स्थितिमा धकेलिदिएका छन् ।

सरकारले विभिन्न ९ मन्त्रालय अन्तरगतका विभिन्न परियोजनामा १ खर्ब १४ अर्ब विनियोजन भएका ५३ पुँजीगत कार्यक्रम स्थगन गरेको छ । त्यस्तै अर्को ५अर्ब ४३ करोड चालू खर्च पनि कटौति गरेको छ । यसरिी बजेट काटिने आयोजनाहरुको सूची हेर्दा सरकारको यो कदम अझ दयनीय लाग्छ । सरकारले सघन सहरी विकास र बस्ती विकास कार्यक्रमको बजेट कटौति गरेको छ ।

५३ वटा आयोजनाको १ खर्ब १४ अर्ब बजेट कटौति भएको अर्थमन्त्रालयले जनाएको छ । यति ठूलो खर्च कटौति गर्दा सिमेन्ट, फलाम लगायत निमौण सामग्रीको बजार अझ खुम्चने स्थिति आउँछ । लामो समय अर्थ मन्त्रालयमै बसेका खनाल राजनीतिज्ञ नभइ कर्मचारी भएका कारण नै यस्तो बुद्धि लगाएको हुनसक्ने भनेर अर्थशास्त्रीहरुले विरोध गरिरहेका छन् ।

जनतालाई अझ रित्तो बनाउने, बेरोजगारी बढाउने र विकासलाई अवरुद्ध पार्ने सरकारको यस्तो नीतिलाई फेसबूकजस्ता समाजिक सञ्जालमा ‘गजब राम्रो’ काम गरेको भन्ने चर्चा चलाइएको छ । तर यसले भविष्यमा निम्त्याउने आर्थिक र सामाजिक असरबारे सरकार र उसको यस्तो उल्टो कदमको समर्थनमा उत्रेको जमान बेखबर देखिएको छ ।

नागरिक र उद्यमी व्यवसायीले खर्च गर्ने आँट नगरेको बेलामा अर्थतन्त्र चलायमान बनाउने दायित्व सरकारको हुन्छ । यस्तो बेला सकेसम्म बढी पैसा सरकारले खर्च गरेर जनताको हातमा नगद पुर्याइदिनु आवस्यक हुन्छ । त्यसले मात्रै मान्छेहरुमा लगानी गर्ने, उत्पादन गर्ने र बजार चलायमान बनाउने आत्मबल तयार हुन्छ ।

नयाँ सरकारले सहरी विकास मन्त्रालय अन्तर्गतको कार्यक्रमहरुमा सबैभन्दा धेरै ‘कैँची’ लगाएको छ । यो मन्त्रालयका ६४ अर्ब २ करोड १२ लाख ६० हजारका आयोजनाहरु ‘रोक्का’ सूचीमा परेका छन् । मन्त्रालयको बस्ती विकास कार्यक्रमबाट मात्र ३३ अर्ब ९१ करोडभन्दा बढी विनियोजित बजेट रोक्का गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कयौँ सडक, खानेपानी, पर्यटन, वनलगायतका कार्यक्रमहरु अब कटौतिमा परेका छन् । खनाल मन्त्री बन्ने वित्तिकै ‘राजनीतिक दबाबमा राखिएका, तयारी पूरा नभएका र टुक्रे आयोजना’को बजेट रोक्ने घोषणा गरेका थिए ।

माओबादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रसमेत भएको जिल्ला गोरखामा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सबभन्दा धेरै ४१ वटा योजना पारिएको थियो । बुट्टार–मकैसिङ–साँधीखोला सडक, नाम्जुङ्ग–घैरुङ्ग–फुजेल सडक, शहीद लखन सडक लगायतका आयोजना पनि यही शीर्षक अन्तरगत राखिएको थियो ।

सरकारले खानेपानी मन्त्रालयको १४ अर्ब ३१ करोड ३५ लाख, ऊर्जा मन्त्रालयको ७ अर्ब २७ करोड ४८ लाख, पर्यटन मन्त्रालयको ३ अर्ब ९८ करोड ६० लाख, खेलकुद मन्त्रालयको २ अर्ब ७७ करोड ६० लाख, उद्योग मन्त्रालयको १ अर्ब ४ करोड ५६ लाख ३५ हजार, वन मन्त्रालयको ६४ करोड २५ हजार र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २८ करोड ६० हजार रुपैयाँ बजेट रोक्का गरिदिएको छ ।