पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ
  • १२ कार्तिक २०८२, मंगलवार १४:३३

काठमाडौं– मलेसिया श्रमिक पठाउन १० वटा सर्तहरु अघि सारेपछि सिण्डीकेटको शंका गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ ले असहमति जनाएका छन् । मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन निष्पक्ष र योग्यतामा आधारित मुल्यांकन (भेटिङ) प्रणाली लागू गर्ने गरि नेपाललाई पत्राचार गरेपछि सो कुरा बाहिर आएको छ ।

mulpatra

मलेसिया सरकारले पठाएको पत्रत्रमा मलेसिया कामदार पठाउन भेटिङ प्रणाली अन्र्तगत म्यानपावरले १० वटा मापदण्डको पुरा गरेको हुनुपर्ने शर्त राखिएको छ । सो १० मापदण्ड पुरा गरेका म्यानपावरले मात्र नेपालबाट मलेसिया कामदार पठाउन सक्ने पत्राचार भएपछि संघका प्रथम उपाध्यक्ष श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत सिण्डिकेट विरुद्ध एक ठाउँ उभिन सबैलाई आव्हान गरेका छन् ।

यो पनि पढ्नुहोस

mulpatra mulpatra mulpatra

उनले सामाजिक सन्जालमा मलेसियाको परराष्ट्र मन्त्रालय द्वारा प्रेषित पत्र सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनेका छन् ‘केहि सिमित ब्यबसायीको पैसाको बलमा मलेसियाको रोजगारीमा सिन्डिकेट लगाउन खोज्ने बिरुद्ध नेपाल बैदेशिक रोजगार ब्यबसायी संघले आज भोली नै आम ब्यबसायी भेला बोलाई तत्कालै पत्रकार सम्मेलन गरी प्रेस बिज्ञप्ती जारी गर्ने तथा ने बै रो ब्या संघ बैदेशिक रोजगारीमा कुनै किसिमको एकाधिकार को पक्षमा नरहेको र कुनै पनि हालतमा स्वीकार्य नहुने जानकारी सम्बन्धित मन्त्रलाय तथा संघ संस्थाहरुमा लिखित जानकारी गराउनु हुन बिनम्र अनुरोध गर्दछु।’

मलेसिया सरकारले तोकेको १० मापदण्डमा के छ भन्ने कुरा सार्वजनिक नभएपनि कम्तीमा ५ बर्ष पुरानो म्यानपावर र बर्षको कम्तीमा १००० जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनेपर्ने, हालसम्म कोही कसैलाई बैदेशिक रोजगारीका नाममा ठगी गरेको, झुक्याएको वा म्यानपावरका विरुद्ध कुनै उजुरवाजुर र मुद्धा नभएको मापदण्डमा समावेश गरेको हुनसक्ने श्रोतले जनाएको छ ।

यस अघि पनि केही सिमित म्यानपावर कम्पनीहरुले परराष्ट मन्त्री आरजु राणा देउवासँग मिलेर मलेसिया कामदार पठाउने विषयमा सिण्डीकेट खडा गर्न खोजेको पाइएको थियो । अहिले
मलेसिया सरकारबाटै मापदण्ड राखेको पत्राचार भएपछि प्रथम उपाध्यक्ष श्रेष्ठले व्यवसायीलाई एकबद्ध हुन अनुरोध गर्दै लेखेका छन् ‘केहि समय अघि ने बै रो ब्या संघले गरेको सिन्डिकेट बिरुद्ध को भेलामा ब्यबसायी द्वारा प्राप्त प्रतिबद्धता पत्र सार्बजनिक गर्न र प्रतिबद्धता पत्र नपठाएका ब्यबसायीहरु लाई तत्काल स्पष्टीकरण लिनु हुन अनुरोध गर्दछु। आम ब्यबसायीको रोजी रोटी मा गिद्धे नजर लगाउने सिन्डिकेट लगाउन खोज्ने जो कोही होस् तिनी हाम्रो प्रमुख शत्रु हुन् र तिनलाई हाम्रो समाज बाट बहिस्कार मात्र होइन सदा को लागी बिदा गर्नु पर्ने दिन आएको हुदा सम्पूर्ण ब्यबसायी ज्यु हरु एकबद्ध भैइ साथ् दिनु हुन पुनस् हार्दिक अनुरोध गर्दछु।’

Image Source: © https://mulpatra.com