Close

Recent Posts

मलेसियाले नयाँ कामदार भर्ना प्रक्रिया १० मापदण्डको शर्त राख्यो, मापदण्डभित्र पर्ने म्यानपावरले मात्र कामदार पठाउन सक्ने

मलेसियाले नयाँ कामदार भर्ना प्रक्रिया १० मापदण्डको शर्त राख्यो, मापदण्डभित्र पर्ने म्यानपावरले मात्र कामदार पठाउन सक्ने
  • १२ कार्तिक २०८२, मंगलवार १२:३५

काठमाडौं– मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन निष्पक्ष र योग्यतामा आधारित मुल्यांकन (भेटिङ) प्रणाली लागू गर्ने भएको छ । भेटिङ प्रणाली लागू भएपछि नयाँ कामदार भर्ना प्रक्रियामा १० मापदण्डको शर्त राखिएको छ । नेपाली राजदूतावास क्वालालम्पुर मलेसियालाई पुत्रजयबाट २७ अक्टोबर २०२५ मा पठाइएको पत्रमा यस्तो भनिएको छ ।

mulpatra

भेटिङ मापदण्डभित्र पर्ने र त्यसका मापदण्ड पुरा गरेका म्यानपावरले मात्र मलेसिया वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने मलेसियाको परराष्ट्र मन्त्रालय मलेसियास्थित नेपाली दूतावासलाई पत्रचार गरेको छ । तर मलेसियाले पठाएको पत्रमा मापदण्ड भने खुलाइएको छैन ।

भेटिङ नीतिले दुई देशबीचको रचनात्मक र नैतिक श्रम आप्रवासन अभ्यासलाई सुदृढ गर्न महत्वपूर्ण योगदान हुने पत्रमा उल्लेख गरिएको छ । पत्रमा कामदार भर्ना र स्थानान्तरण गर्न अनुमति प्राप्त इजाजतपत्र प्राप्त निजी एजेन्सीहरू नोभेम्बर १५ भित्र आफनो दर्ता गराउन भनिएको छ ।

mulpatra mulpatra mulpatra

नेपाल सरकारलाई माथि उल्लिखित मापदण्ड पूरा गर्ने इजाजतपत्र प्राप्त निजी भर्ती एजेन्सीहरूको सूची १५ नोभेम्बर २०२५ पछि समीक्षा र परीक्षण उद्देश्यका लागि मानव संसाधन मन्त्रालयमा पेश गर्न अनुरोध पत्रमा गरिएको छ ।

नेपालबाट मलेसियामा कामदार भर्ना र स्थानान्तरण गर्न अनुमति प्राप्त इजाजतपत्र प्राप्त निजी भर्ती एजेन्सीहरूको संख्यालाई तर्कसंगत बनाउन सहमत भएको विषयलाई समेत पत्रमा उल्लेख गरिएको छ ।

संलग्न कागजातमा उल्लिखित दस १० अनिवार्य मापदण्डहरू अनुसार मानव संसाधन मन्त्रालयद्वारा प्रशासित वस्तुनिष्ठ र योग्यतामा आधारित परीक्षण प्रक्रिया मार्फत कार्यान्वयन गरिनेछ । यसमा नेपालबाट मलेसिया कामदार पठाउँदै गरेका म्यानपावरको संख्या व्यवस्थित बनाउने समेत भनिएको छ । अपूर्ण आवेदनहरू वा निर्दिष्ट मापदण्डहरू पूरा नगर्ने म्यानपावर कम्पनीहरु सूचीकरण नगरिने समेत बताइएको छ ।

Image Source: © https://mulpatra.com

मलेसियाले दूतावासलाई पठाएको पत्र