Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्को पूर्वानुमान

शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्को पूर्वानुमान
  • १५ कार्तिक २०८२, शुक्रबार ०८:२२

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । हाल देशमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले वर्षा भइरहेको छ । मोन्था चक्रवातको प्रभाव आज राति झन् बढ्‍ने मौसमविद्को पूर्वानुमान छ ।

mulpatra

यो वर्ष कात्तिकमै हिमपात र भारी वर्षा भएपछि कतै किसानलाई खुशी दिएको छ भने कतै बाढी पहिरोको चिन्ता बढेको छ । साथै वर्षाको असर भोलि दिनभर नै रहने र पर्सी बिहानबाट क्रमश सुधार हुँदै जाने पूर्वानुमान छ ।

नेपालको मधेश प्रदेशबाट प्रवेश गर्ने यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ ।

mulpatra mulpatra mulpatra

साथै कोशीका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । त्यसकारण पदयात्रामा नजान र सम्भावित बाढी पहिरोको जोखिमबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।