Close

Recent Posts

शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्को पूर्वानुमान

शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्को पूर्वानुमान
  • १५ कार्तिक २०८२, शुक्रबार ०८:२२

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । हाल देशमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले वर्षा भइरहेको छ । मोन्था चक्रवातको प्रभाव आज राति झन् बढ्‍ने मौसमविद्को पूर्वानुमान छ ।

mulpatra

यो वर्ष कात्तिकमै हिमपात र भारी वर्षा भएपछि कतै किसानलाई खुशी दिएको छ भने कतै बाढी पहिरोको चिन्ता बढेको छ । साथै वर्षाको असर भोलि दिनभर नै रहने र पर्सी बिहानबाट क्रमश सुधार हुँदै जाने पूर्वानुमान छ ।

नेपालको मधेश प्रदेशबाट प्रवेश गर्ने यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ ।

साथै कोशीका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । त्यसकारण पदयात्रामा नजान र सम्भावित बाढी पहिरोको जोखिमबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।