Close

Recent Posts

नेपालको तेस्रो हारः अमेरिकासँग पराजित

नेपालको तेस्रो हारः अमेरिकासँग पराजित
  • १६ कार्तिक २०८२, शनिबार १९:४८

काठमाडौं । युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। यससँगै नेपालले त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हार ब्यहोरेको छ।

mulpatra

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस जितेर पहिले बलिङ गर्ने अमेरिकाले नेपाललाई ४९.५ ओभरमा २ सय ७१ रनमै समेट्यो। जवाफमा अमेरिकाले ६ विकेटको क्षतिमा ६ बल बाँकी रहँदा लक्ष्य पुरा गर्दै लगातार तेस्रो जित हात पार्‍यो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५२ रन खर्चिँदै ३ विकेट लिए। करण केसी, नन्दन यादव र गुलशन झाले समान १–१ विकेट हात पारे। तर, अन्तिम ओभरमा नन्दनले २ छक्का र २ वाइडसहित १७ रन खर्चिँदा नेपालको जितको आशा मरेको थियो।

mulpatra mulpatra mulpatra

यसअघि नेपालले बलिङ अनुकूल पिचमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ओपनर आसिफ शेख सुरुवाती ओभरमै आउट भएपछि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पारी सम्हाले। कुशलले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए भने भीमले ५८ बलमा ४ चौका प्रहार गर्दै ४३ रनको योगदान गरे।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ६७ बलमा २ चौका र ३ छक्कासहित ७५ रन बनाए। उनले कप्तान रोहित पौडेलसँग (३६ रन) पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए।

तल्लोक्रममा करण केसीले ३२ बलमा २ चौका र ३ छक्कासहित ४९ रन जोडे। अन्तिम बलमा ललित राजवंशी रनआउट भएपछि नेपाल १ बल बाँकी रहँदा अलआउट भयो।

Image Source: © https://mulpatra.com

अमेरिकाका बलरहरूमध्ये हर्मित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रभलकर र नोस्तुस केन्जिगेले २–२ विकेट हात पारे। जसदीप सिंह र शुभम रञ्जनेले १–१ विकेट जोडे।

सिरिजमा अमेरिकाले लगातार तेस्रो जितसँगै शीर्ष स्थान मजबुत बनाएको छ भने नेपाल लगातार तीन हारपछि सातौँ स्थानमा छ। अब नेपालले आगामी नोभेम्बर ५ मा युएईसँग आफ्नो अन्तिम खेल खेल्नेछ।