Close

Recent Posts

मुख्यमन्त्रीहरुसँगको भेटघाटमा प्रधानमन्त्री

मुख्यमन्त्रीहरुसँगको भेटघाटमा प्रधानमन्त्री
  • १६ कार्तिक २०८२, शनिबार २०:०३

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद र समन्वयका विषयमा छलफल गर्न आइतबार दिउँसो ४ बजे बालुवाटारमा बैठक आह्वान गरेकी छिन्।

mulpatra

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, बैठकमा संघ र प्रदेश सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा हालको राजनीतिक र प्रशासनिक अवस्थासम्बन्धी विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्कीले हालको परिवर्तित राजनीतिक परिदृश्यमा संघीय शासन प्रणालीको सुदृढीकरण र प्रदेश सरकारहरूसँगको कार्यगत साझेदारीलाई मजबुत बनाउने उद्देश्यले बैठक बोलाएको उनका निकट स्रोतले जनाएको छ।

mulpatra mulpatra mulpatra