अधिक तरलता कायमै, आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता कायमै, आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक
  • १७ कार्तिक २०८२, आईतवार १०:२४

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि आइतबार केन्द्रिय बैंकले थप ४० अर्ब रूपैयाँ तान्ने भएको हो ।

mulpatra

राष्ट्र बैंकले आजै अर्थात् कात्तिक १६ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १७५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाल गर्न सकिनेछ । सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ बैशाख १३ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकले १७५ दिनका लागि उक्त निक्षेप तान्न आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । यसअघि राष्ट्र बैंकले २१, ४२ र ९० दिनका लागि निक्षेप तान्दै आएको थियो । तरलताको दबाब कायमै रहेका कारण राष्ट्र बैंकले समय अवधि बढाएर निक्षेप तान्न थालेको जनाएको छ ।

बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी २०८३ सालको बैशाख १३ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।