बोलनले अंग्रेजीमा अश्लील शब्द प्रयोग गरीको स्टाटसपछि पक्रिनदेखि सर्को तानेको आरोप
काठमाडौं– हिजो मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए ।
तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन् ।
Image Source: © https://mulpatra.com
शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेको चर्चा भइरहेका बेला रिजालले बालेन सिंहदरबार जलाउने मतियार रहेको आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेका हुन् ।
काठमाडौंका मेयर बालेन शाहको स्टाटसको आलोचना भइरहेका बेला धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालबाटै मेयर शाह लक्षित स्टाटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् । उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो १ मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो १ मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला १ अचेत जिन्दगीको जय होस् १’



