Close

Recent Posts

महानगरले थापाथलीस्थित ट्राफिक कार्यालयमा चलायो डोजर

महानगरले थापाथलीस्थित ट्राफिक कार्यालयमा चलायो डोजर
  • १७ कार्तिक २०८२, आईतवार १२:५०

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो ।

mulpatra

सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाइएको हो । नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर बालेन साहको आदेश कार्यान्वयन गरेको बताएका छन् । यसअघि नगर प्रहरीले बालुवाटारको प्रहरी बिट पनि २४ घण्टाभित्र खाली गर्न अल्टिमेटम दिइसकेको छ । त्यो २४ घण्टा पनि आजै पुग्दैछ ।