Close

Recent Posts

कम्युनिष्ट एकताको सन्देश दिँदै ८ कम्युनिष्ट पार्टीहरु, १९ गते घोषणा कार्यक्रम

कम्युनिष्ट एकताको सन्देश दिँदै ८ कम्युनिष्ट पार्टीहरु, १९ गते घोषणा कार्यक्रम
  • १८ कार्तिक २०८२, सोमबार ०७:०५

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टी विच पार्टी एकता गर्ने सहमति भएको छ । आइतबार भएको एकताको सहमति पत्रमा दुई दल बाहेक अन्य साना छ दल समेत सहभागी हुनेछन् ।

mulpatra

नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रम लिएर अघि बढ्ने गरि नेकपा, नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) सहित आठ कम्युनिष्ट पार्टी विच एकिकरण गर्ने गरि १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको सहमति अनुसार कात्र्तिक १९ गते एकताको राष्ट्रिय सम्मेलन सार्वजनिक कार्यकम मार्फत पार्टी एकिकरण गरेको घोषणा गरिने सहमति भएको छ ।

mulpatra mulpatra mulpatra

आठ दल मिलेर नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने र चुनाव चिन्ह पाँचकुने तारा रहने सहमति भएको छ । माक्र्सवाद–लेलिनवादको मार्गनिर्देशक सिद्धान्त र पार्टीको तत्कालिन कार्यनीतिमा पुँजीवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने रहेको छ ।

१९ गते हुने एकता सम्मेलनले अन्तरिम विधान पारित गर्ने र केन्द्रीय कमिटि गठन गर्ने छ भने आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।