प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरु विच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको मुख्यमन्त्रीहरुसँगको बैठक सम्पन्न भएको छ । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र संघिय सरकार घोषणा गरेको निर्वाचनको वातावरण निर्माणमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी जनाएको छ ।

जेनजी आन्दोलन पश्चात पहिलो पटक प्रधानमन्त्रीले सबैपक्षसँग सम्वाद अघि बढाएकोमा मुख्यमन्त्रीहरुले प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतासाथ लाग्नुपर्ने धारणा राखेका थिए ।
संघ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरूको भनाइ थियो।
![]() |
![]() |
![]() |
|---|
भदौ २३–२४ को परिस्थितिले राजनीतिक नेता नहुँदा नहुँदै यहाँ ल्याइपुर्याएको र हाम्रो एउटै प्रमुख मुद्धा निर्वाचन हो भनेर प्रधानमन्त्री कार्कीले भनिरहँदा धेरै जसो मुख्यमन्त्रीहरुले आन्दोलनका नाममा लुटिएका हतियारले बढाउने सुरक्षा थ्रेटको कुरा गरेको कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले बताएका छन् ।
निर्वाचनमा सुरक्षा चुनौतिको विषयमा उठेपछि प्रधानमन्त्री कार्कीले क्षतिग्रस्त प्रहरी कार्यालयहरु बनिसक्नै लागेका, लुटिएका हतियारहरू फेला पर्न थालेको र भागेका कैदी फर्किन थालेकोले सुरक्षा स्थिति सुधारोन्मुख रहेको बताइन् ।
उक्त छलफलमा प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताएपछि सबै मुख्यमन्त्रीहरुले सहकार्य गरेर अघिबढेने प्रतिवद्धता जनाएका छन् ।
Image Source: © https://mulpatra.com



