Close

Recent Posts

राष्ट्रपति पौडेल कतार प्रस्थान

सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुने

राष्ट्रपति पौडेल कतार प्रस्थानसामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुने
  • १८ कार्तिक २०८२, सोमबार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति कतार गएका हुन् ।

mulpatra

राष्ट्रपति कतार भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।

कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमणमा गएका राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले भेटवार्ता गर्ने बताइएको छ ।

यो सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल गरिँदैछ ।