Close

Recent Posts

दोलखामा हिमपहिरोः तीनको मृत्यु केही वेपत्ता

दोलखामा हिमपहिरोः तीनको मृत्यु केही वेपत्ता
  • १८ कार्तिक २०८२, सोमबार १७:०३

काठमाडौं । दोलखामा हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । दोलखाको यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । यलुङ रि हिमाल दोलखाको रोल्वालिङ उपत्यका नजिक पर्दछ ।

mulpatra

हिमपहिरोमा परि ४ जना घाइते भएको र ८ जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा परेको हो । प्रहरीको टोलि घटनास्थल पुगीनसकेकोले घटनाको पुरा विवरण आउन सकेको छैन ।