प्रसाईको नयाँदिल्ली व्यक्तिगत भ्रमण, भारतको राजनीतिकसँग जोडेर केही सञ्चारमाध्यमले आगामी आन्दोलनविरुद्ध अफवाह फैलायोभारतको कुन पक्षले आधिकारिक रुपमा बल्यो
नयाँदिल्ली– भारत सरकारले दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको समाचार बारिरिएको छ । भारतीय अनलाइन एनडीटीभीमा प्रकाशित समाचारअनुसार भारतले प्रसाईलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दाबी नगर्न चेतावनी दिएको छ ।

प्रसाईले भने आफनो फेसबुक स्टाटसमा आफु नयाँदिल्ली भ्रमण व्यक्तिगत रुपमा आएको र यसलाई भारतको राजनीतिकसँग जोडेर अफवाह फैलाएको आरोप लगाएका छन् । प्रसाईंले आफ्नो भ्रमणलाई नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि ‘भारतीय नेताहरूसँग भेटघाट गर्ने र नैतिक समर्थन जुटाउने प्रयास’ का रूपमा सार्वजनिक रूपमा चित्रण गरेको भन्ने आरोप समाचारमा भनिएको छ ।
तर प्रसाईले भने यसको खण्डन गदै केही सञ्चारमाध्यले आफनो बेइज्वत गर्न खोजेको आरोप लगाएका छन् । भारतको एउटा सञ्चारमाध्यममा लेखिएको विषयलाई समाचार बनाएर केही सञ्चारमाध्यले आफुविरुद्ध अफवाह फैलाएको समेत आरोप लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईंले नोभेम्बर २३ (मंसिर ७ गते) का लागि काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर ¥यालीको आह्वान गरेका छन् । यसपछि देशव्यापी सडक अवरोध र जनप्रदर्शन सहितको अभियान चलाउने उनको योजना छ ।
राष्ट्रवादी र गणतन्त्र विरोधी भाषणहरूले राजतन्त्रवादी वृत्तबाट चर्को समर्थन पाए पनि प्रमुख पार्टीहरूबाट भने आलोचना भएको छ । यही आन्दोलनलाई दबाउन समेत यस्तो अफवाह फैलाएको प्रसाईको आरोप छ ।



