Close

Recent Posts

बैंक व्याज ५ प्रतिशतभन्दा तल

बैंक व्याज ५ प्रतिशतभन्दा तल
  • २० कार्तिक २०८२, बुधबार ०८:५५

काठमाडौं– वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएर लागत कम गरेपछि आधार दर (बेस रेट) थप घटेको छ । कर्जाको माग सुस्त भई लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरूले निक्षेप ब्याजदर निरन्तर घटाइरहेका छन्, जसको असर आधार दरमा परेको हो।

mulpatra

हाल तीन वाणिज्य बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल पुगेका छन्। स्टान्डर्ड चार्टर्ड बैंकको ४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६४ प्रतिशत र एभरेष्ट बैंकको ४.८८ प्रतिशत रहेको छ ।

बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरूले सामान्यतया आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण प्रदान गर्छन्। पछिल्ला तीन महिनाको औसत आधार दरमा प्रिमियम जोडेर नै बैंकहरूले ग्राहकका लागि ब्याजदर निर्धारण गर्छन्।

mulpatra mulpatra mulpatra

कुन बैंकको कति ?

वाणिज्य बैंक बेसरेट (पछिल्लो तीन महिनाको औसत)
स्टान्डर्ड चार्टर्ड ४.६
राष्ट्रिय वाणिज्य ४.६४
एभरेष्ट ४.८८
नेपाल ५.२५
ग्लोबल आयएमई ५.४
कृषि विकास ५.४९
नबिल ५.५८
सानिमा ५.६८
नेपाल इन्भेष्टमेन्ट मेगा ५.६९
माछापुच्छ्रे ५.८१
प्रभु ५.८३
एनएमबि ५.८९
सिद्धार्थ ५.९२
नेपाल एसबिआइ ५.९६
कुमारी ६.०१
लक्ष्मी सनराइज ६.०१
सिटिजन्स ६.०५
हिमालयन ६.०८
प्राइम ६.२६
एनआइसी एसिया ६.७६
स्रोत: बैंकहरुको वेवसाइट