अर्थ मन्त्रालयका ३ सय २३ जना कर्मचारीको दरबन्दी कटौति

अर्थ मन्त्रालयका ३ सय २३ जना कर्मचारीको दरबन्दी कटौति
  • २१ कार्तिक २०८२, बिहीबार ०९:०६

काठमाडौं– अर्थ मन्त्रालयको कर्मचारीहरुको दरबन्दी कटौति भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी कटौति गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अर्थ मातहतका विभाग तथा कार्यालयहरुबाट ३ सय २३ जना कर्मचारीहरुको दरबन्दी कटौति गरिएकको हो ।

mulpatra

पुर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सो दरबन्दी थप गर्ने निर्णय गरेका थिए । सो निर्णय अनुसार मन्त्रालयले बजेट समेत विनियोजन गरिसकेको थियो । मन्त्रालयले मध्यमस्तरिय करदाता कार्यालय–२ मा मात्रै स्थापनाका लागि १ जना सहसचिव, १२ जना उपसचिव, ३० जना अधिकृत सहित नायाब सुब्बा खरिदार सहित कर्मचारीहरु थप्ने निर्णय गरेको थियो ।

यस्तै, अधिकृतको नेतृत्वमा रहेको करदाता सेवा कार्यालयहरुलाई कर कार्यालयमा रुपमान्तरण गरी उपसचिव खटाउने निर्णय भएको थियो । यसैगरी, नयाँ करदाता सेवा कार्यालयहरु थप गरी राजस्व समुहका अधिकृतहरु थप गरिएको थियो । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग र शम्पति शुद्धिकरण विभाग अर्थ मन्त्रालय मातहत ल्याइसकेका छन् ।

दुई विभाग मातहतमा आएसँगै अर्थ मन्त्रालय थप शक्तिशाली बनेको छ । दुई विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत रहँदा व्यवसायीहरुलाई धम्क्याएर असुली गर्ने गरेको आरोप समेत लाग्ने गरेको थियो ।

राजस्व अनुसन्धान विभाग अन्तर्गत प्रशासन सेवाका उपसचिव अधिकृतहरुको दरबन्दी कटौति गरिएको छ ।