बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गर्दा हुन्छ यस्तो फाइदा
काठमाडौँ– हिन्दु धर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ । जसअनुसार आज बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । बिहीबार को व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ ।

पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।
वैवाहिक सुख प्राप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहीबारको व्रत बसिन्छ ।
यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ।
व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जप गर्नुपर्दछ ।
बिहीबार के गर्ने
जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।
–बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो हुन्छ ।
– निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ।
– ब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ ।
– भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ ।
–फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।
के गर्न हुँदैन
धर्मशास्त्र अनुसार, बिहीबार, कपाल नुहाउनु हुँदैन, रौं काट्नु हुँदैन, दारी काट्ने वा नङ काट्नु हुँदैन, त्यस्तै भारी कपडा धुनु पनि हुँदैन ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार, बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने मान्यता छ । रौं काट्दा गुरु ग्रह कमजोर हुने विश्वास गरिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।
बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल गर्ने, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।
बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने धर्म शास्त्रमा उल्लेख छ ।
