आईजीपी खापुङलाई सोध्यो आयोगले स्पष्टीकरण

आईजीपी खापुङलाई सोध्यो आयोगले स्पष्टीकरण
  • २१ कार्तिक २०८२, बिहीबार १०:४०

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरिय जाँचबुझ आयोग गठन गरेको थियो ।

mulpatra

जेनजी आन्दोलनको क्रममा भदौ २३ मा भएको दमन र २४ गते भएको लुटपाट, तोडफोड, आगजनी र आयोगले मागेको प्रहरी सहितको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले बुधबार पत्र पठाउँदै आईजीपी खापुङलाई ‘तपाईंलाई किन कारबाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो । जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएपछि असन्तुष्ट बनेको आयोगले आइजीपीसँगै स्पष्टीकरण सोधेको हो ।