Close

Recent Posts

मन्त्री घिसिङको एक्सनपछि डेडिकेटेड÷ट्रंक लाइनको विद्युत् महसुल धमाधम बुझाउज कम्पनीहरू थाले

मन्त्री घिसिङको एक्सनपछि डेडिकेटेड÷ट्रंक लाइनको विद्युत् महसुल धमाधम बुझाउज कम्पनीहरू थाले
  • २२ कार्तिक २०८२, शुक्रबार १७:३८

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।

mulpatra

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा काटिएको सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदादेखि नै डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउनमा क्रियाशील कुलमान घिसिङले ऊर्जामन्त्री बनेपछि यसलाई थप जोड दिएका छन् । पछिल्लोपटक अन्य कम्पनीहरू पनि डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता बुझाएका छन् ।